दिपक राज गिरीको “छ माया छपक्कै”मा लोक गायक बसन्त थापाको ईन्ट्री,सार्वजनिक भयो “जुनको जुनेली”(भिडियो)

चलचित्र ‘छ माया छपक्कै’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश गरिएको ‘जुनको जुनेली’ बोलको गीत शुक्वार मात्रै सार्वजनिक भयको हो ।

गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतमा बसन्त थापा र मिना निरौलाले दिएका छन । गीतको शब्द शृजना राजेन्द्र थापाले गरेका हुन भने संगीत बसन्त थापाकै रहेको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रलाई दीपकराज गिरीले लेखेका हुन् । चलचित्र ‘छ माया छपक्कै’ असोज २४ बाट नेपाली भर प्रदर्शन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार