सञ्चारकर्मी रवि लामिछाने ले यसरी मनाए दशैं ( फोटो फिचर )

विजया दशमीकाे शुभसाइत सकिए पनि टीका लगाउने क्रम आज जारी छ ।चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि यो बर्षको दशैं धुमधामका साथ मनाएका छन् । पत्नी निकिता पौडेल र रवि लामिछानेको दशैंको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

दशैंको टीकाको तेस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने चलन छ आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिकाे विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार