चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा लागि कति फलदायी ?(भिडियो)

चिनिया राष्ट्रपति सी चिनफिङ आज नेपालको राजकीय भ्रमणमा काठमाडौँ आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आउन लागेका चिनफिङ आइतबारसम्म नेपालमा रहेर चीन फर्किनेछन् ।

आज शनिबार अपराह्न काठमाडौँ आइपुग्ने सी यहाँ रहँदाका करिब २० घण्टा निकै व्यस्त रहनुहुनेछ । चीनकै विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनी केही विश्रामका लागि सोल्टी होटलमा जानेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षी सीको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । त्यहाँ मुख्य नेताहरुको भेला र समान्य भेटघाट हुनसक्नेछ । आज नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीले आइतबार बिहानैदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत लाई भेट्ने कार्यक्रम छ । आइतबार नै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रहरुमा हस्ताक्षर र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार