“सबैको चुलोमा सबैले चिताएको खाना पाकोस – रेखा थापा

काठमाडौं, असोज / लोकप्रिय नायिका रेखा थापाको चलचित्र मालिका यति युट्युबको ट्रेन्डिङमा रहेको छ ।नेपालको पहिलो एक्सन स्टार नायिका रेखा थापाको चलचित्र मालिकले युट्युबबाट देश विदेशमा रहेका दर्शकको मन जित्न सफल भएको छ ।

चलचित्र घरमा आक्रमक व्यापार गर्न नसकेको चलचित्र “मालिका” लाई युट्युवमा दर्शकले अत्याधिक रुचाएपछि नायिका थापा हर्षित छिन् ।

नेपालको अधिकांश विकट गाउँमा आजको दिनमा पनि भोकभोकै सुत्नु पर्ने , खाली पेटमा पटुकी कसेर मेलापात गर्न पर्ने बाध्यतालाई नजिकबाट नियालेर नायिका थापा यस्तो लेख्छिन् :

“सबैको चुलोमा सबैले चिताएको खाना पाकोस,सबैका साना ठुला रहर पुरा होउन । जिउदै स्वर्ग भेटिन्न भन्ने त सबैलाई थाहा छ ।“

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार