काठ्माडौं,तिहार नजिकै आइ रहेका बेला बजारमा थुप्रै देउसी-भैलो गीतहरु सार्वजनिक हुन थालेका छन।यसै बिच एती बेला चर्चित गायक तथा संगीतकार अमित बाबु रोकाए र गायीका शुस्मा अधिकारीको स्वरमा उत्कृष्ट देउशी भैलो गीत बजारमा आएको छ।
अमित बाबु रोकाएको शब्द संगीतमा रहेको उक्त गीत अमित बाबुको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको म्युजिक भिडियोमा अमित, र शुस्मा संग अन्य कलाकारहरु पनि देखिएका छन भने भिडियो निर्देशन शिशिर बुढाथोकीले गरेका हुन्।
यो पनी पढ्नुहोस..
देशभर बढ्यो चिसो, आज हिमपात र क्षणिक वर्षा हुने सम्भावना…
पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।
मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।
आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ ।पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ ।