सज्जन धामीको “आमा बाटो हेर्दै”(भिडियो)

काठ्माडौं, समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् ।

टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

यति बेला तिहार नजिकै आई सकेको छ, बजारमा बिभिन्न कलाकारहरुका देउसी गीतहरु आइ रहेका छन, गायक सज्जन धामीले पनी एती बेला तिहार कोशेली ल्यायर बजारमा आएका छन।

” आमा बाटो हेर्दै” बोलको उक्त गीतमा सज्जन धामी र पबित्र बि.क को स्वर रहेको छ गीतको शब्द शृजना टिकाराम कुमारले गरेका हुन भने लय शृजना सज्जन धामीकै रहेको छ।

डि.आर सुजन, यलिना र चक्रले गीतको भिडियोमा अभिनय गरेका छन भने भिडियो निर्देशन दिपेन्द्र कुवँरले गरेका छन,हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार