७५ प्रतिशत अनुदानमा हिउदे घांस वितरण

  दिप्तीशिखा चौधरी,  135 पटक हेरिएको

दङ्गिशरण, ८ कात्तिक । दङ्गिशरण गाँउपालीकाले सानो लगानीमा पशुपालन गर्दै आएका साना किसानहरुलाई हिउँदे घासको बिउँ बितरण गरीरहेको छ । गाँउपालीकाको पशु सेवा शाखाले २०७५÷०७६ को लक्ष्य अनुसारको ७५ प्रतिशत अनुदानमा घासँको बिउँ वितरण भईरहेको पशु स्वास्थ्य प्राविधिक भरत देवकोटाले जानकारी दिए ।
हिउँदे याममा किसानहरुको मागलाई मध्यनजर गर्दै बर्सीम, जैँ र भेज गरी तीन जातको हिउँदे घासँको बिउँ बितरण गरेको गाउँपालिकाले जनाएको छ । दंगीशरण गाँउपालीका अन्र्तगत सबै वडाका साना किसानलाई वर्सीम २ सय ३० रु. के.जी., जैँ ६०. के.जी., भेज १ सय ५० के.जी. घासँको बिउँ बितरण गरिएको प्राविधीक देवकोटाले जानकारी दिए ।
अहिलेसम्म तीन वटै जातका गरी ३ सय के.जी घाँसको बिउ बितरण भईसकेको र प्रती घरधुरी ढाई कट्ठाका लागि १ के.जी सम्म दिएको देवकोटाले बताए ।
गाँउपालीकाले किसानको माग पूरा गरेको भन्दै त्यहाँका किसान खुसी भएका छन् । पहिले त्यहि घाँसको बिउँ किन्न तुल्सीपूर आउँने बाध्यता थियो अहिले आफनै गाँउपालीकामा पाउँदा खुसी लागेको दंगीशरण गाापालीका वडा न. ३ का किसान जुगराम चौधरीले बताए । यस्तै सुकराम चौधरीले पनि साना किसानका लागि आफनै गाँउपालीकामा हरेक बस्तुको बिउ बिजन पाउन थालेपछि आफुलाई सहज भएको बताए । पशु सेवा शाखाले अशोज २२ गते देखी २४ गतेसम्म नाम दर्ता गराउन कृषक समूह, सहकारी, व्यक्तिगत फर्म तथा कृषकलाई सुचना जारी गरीएको थियो ।
अहिले सम्म ३ सय ६४ जनाले कार्यालयमा नाम दर्ता गराएका छन् । जसमध्ये १ सय १५जना किसानले घाँसको बिउँ लगेको कार्यालयले जनाएको छ । गाउँपालीकाको ७ वटै वडाका किसानहरुको समस्यालाई मध्यनजर गर्दै हिउँदे घाँसको बिउँ बितरण गर्ने निर्णय गरेको गाँउ पालीकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । गाँउपालीकाले हिउँदे घासँका लागि १ लाख बजेट छुट्याएको गाँउपालीकाका अध्यक्ष चौधरीले बताए ।

गढवामा पनि अनुदानका बिउबिजन वितरण
गढवा गाउँपालिकाको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा आएको तोरी, मसुरो, टिपिएस आलु, कम्पोजिट तरकारीको बिऊ वितरण कार्य सम्पन्न गरिसकेको छ भने गहुँको विऊ वितरणको काम बिहिवारदेखी सुरु गरेको कृषिशाखाका संयोजक प्रविण चौधरीले जानकारी दिए ।
उन्नत जातका बिऊ विजनहरु कुल मुल्यको ५० प्रतिशत छुट गरेर वितरण गरिएको र गाउँपालिकामा प्रकाशित सुचना बमोजिम बिऊ माग गर्ने कृषि समूहहरु तथा किसानहरुको निवेदनका आधारमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसअनुसार उन्नत जातको तोरी ५ सय किलोको ७० को दरले ४५ वटा कृषक समूहहरुलाई वितरण गरिएको र खजुरा–२ प्रजातिको मसुरोको विऊ प्रतिकिलो ८७ रुपियाँ पचास पैसाको दरले २ क्विन्टल १६ वटा समूहहरुलाई र कम्पोजिट तरकारीको बिऊ एकहजार दुईसय पचास पाकेट कृषि समूह तथा किसानहरुलाई वितरण गरीएको कृषि शाखाले जनाएको छ । यसैगरी टिपिएस आलु सानो साइज र मध्यम साइज गरि कुल ८ सय किलो क्रमश एकसय पन्ध्र र १ सयका दरले ४६ वटा कृषक समुहहरुलाई वितरण गरिएको पाइएको छ ।
यसैगरि विहिवार देखि आदित्य र बिजय प्रजातिको ५० क्विन्टल उन्नत गहुँको बिऊ वितरण कार्य सुरु भएको बताइएको छ । गहुँको बिऊको मुल्य प्रतिकिलो रु.६० भएकोमा ५० प्रतिशत अनुदान प्राप्त गराई प्रतिकिलो रु. ३० मा वितरण गरिन थालेको कृषिशाखाले जनाएको छ । बिऊको लागि निवेदन दिनुभएका कृषक समुह वा किसानहरुलाई आफ्नो बिऊ लैजानका लागि समेत कृषिशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार