आज हरिबोधनी एकादशी, तुलसीको विवाह…

काठमाण्डौ,२२ कात्तिक– आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ ।ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।

असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।काठमाण्डुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार