काठमांडू,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौंमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।
यस विमानक्षेत्र को आरम्भ गौचर विमानक्षेत्र को नाम बाट सुरु भएको थियो । नेपाल मा आधिकारिक रूपमा विमानन को आरम्भ १९४९ मा एक लोन ४-सीटर बीचक्राफ़्ट बोनान्ज़ा विमान को अवतरण बाट सुरु भएको थियो। यसमा एक भारतीय राजदूत सवार थिए। गौचर एवम् कोलकाता बिच पहिलो चार्टर उड़ान हिमालयन एविएशन को एक डैकोटा विमान २० फेब्रुअरी १९५० मा चलेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गौचरण विमानस्थलको नामबाट बिसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गर्यो। बि.सं. २०१२ मा तत्कालिन राजा महेन्द्रले यो विमानस्थलको आधिकारीक रूपमा उद्घाटन गरेर आफ्ना बुवा राजा त्रिभुवनको नामबाट नामाकरण गरी त्रिभुवन विमानस्थल राख्न लगाए।
त्रिभुवन बिमानस्थलमा बेला बेला बिभिन्न घटना भएको समाचार आईरहेको हुन्छ । भर्खर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।