१७ बर्षे युबाले सड़कबाट दिए मोदी र केपी ओलिलाई चेतावनी {भिडियो सहित}

काठमांडू,

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थित भारतीय दूतावास घेराउ गरेको छ ।

नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा सच्याउन दवाव दिनको लागि शुत्रबार लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेको हो । भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा समेत जलाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित राष्ट्रिय झण्डा बोकेर भारतीय ‘विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ जस्ता नारा लगाएका थिए।

१७ बर्षीय एक युवाले सड़कमा नारा लगाउदै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतवानी दिएका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार