भारतले सिमा मिचेको भन्दै भुवन, धिरेन, सुनिलको कडा प्रतिक्रिया, नेताले नबोले हामी बोल्छौँ [भिडियो सहित]

काठमांडू,

भूगोल, जनसंख्या र सैन्य सामर्थ्य न्यून भएको छिमेकी नेपालमाथिको दादागिरीको पराकाष्ठा प्रदर्शनको पछिल्लो उदाहरण हो भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा । जम्मू–कश्मीरमा जस्तै सैन्य लडाकुको मूल्य चुकाएर पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नछोड्ने गम्भीर, अहंकारी र ज्यादतिपूर्ण धम्की भारतले दिएको छ । शान्तिप्रिय तर मातृभूमिका लागि समर्पित नेपालीलाई सैन्य सामर्थ्यले थर्काउने प्रयासमा भारत सक्रिय छ ।

पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ ।  आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई राख्ने कार्य अहिले भए पनि भारतले सैन्य सामर्थ्यको फुर्ति लगाएको धेरै पहिलेदेखि हो । कालापानीबारे धेरै जानकारी सार्वजनिक भए पनि धेरैसम्म नपुगेको एउटा जानकारी हो ।

अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाको सघन परिचालन । कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपी)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो । पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ ।

उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ । पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

यो बिषयमा नेपाली कलाकार हरुले समेत आफ्नो बिचार प्रस्तुत गरेका छन ।

हेरौ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार