जिन्दगी आफैमा रहस्यमय छ । कर्म देखि भाग्यसम्म भर पर्ने धेरै छन् तर कहिले काँहि न कर्मले साथ दिन्छ न भाग्यले । यस्तै भएको छ काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाँऊपालिका अन्र्तगत पर्ने खहरे घाटको एक किराना पसलमा ।
जिन्दगीको करिब २५ बर्षको कडा परिश्रम र केही फेर्न लागेका भाग्यका किरणहरु क्षणभरमै आगोको धूँवासँगै उडिरहँदा सरस्वती भण्डारीको आँखामा अझै पनि आँशुको धारा बग्छ । ५० रुपैँयाबाट सुरु भएको उनको यात्राले भर्खरै करोडको कारोबार गर्दै थियो ।
तर अनायसै नसोचेको भयो, रात्ती आगो लाग्यो तर कसले लगायो अझै पत्तो छैन । त्यसो त यो घटनासँगै उनी फेरी सडकमै आएका छन् । जिन्दगीले यसरी कोल्टे फेरिदिँदा भण्डारी दम्पतीको मन रोइरहेको छ, त्यही विलौनाले भरिएको एक अन्र्तवार्ता तपाईसामू प्रस्तुत गरेका छौ ।