राष्ट्र बैंकको नयाँ नियम, ३० लाख नगद हुनेले १ करोडको घर किन्न सक्ने

काठमांडू,

सबै नेपालीले घर बनाउन वा किन्न सकून भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विशेष सुविधासहितको योजना ल्याइदिएको हो । राष्ट्र बैंकको सुविधासहितको ऋण लिन आफूसँग घर वा अपार्टमेन्ट नभएको व्यक्ति हुनुपर्छ । यस्तै, यसअघि बैंक वा वित्तीय संस्थाबाट ऋण लिएर घर वा अपार्टमेन्ट किनेको वा बनाएको व्यक्ति भने हुनुहुदैन ।

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्ति (फस्ट होम बायर) लाई लक्षित गरी नयाँ योजना ल्याएको छ । नयाँ व्यवस्था अनुसार २ करोड १४ लाख रुपैयाँसम्मको मूल्यांकन हुने घर वा अपार्टमेन्ट किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरे हुनेछ । किनभने राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार १ करोड ५० लाख रुपैयाँसम्मको आवाशीय घर कर्जामा धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण बैंक वा वित्तीय संस्थाले दिन पाउनेछन् ।

तपाईंले २ करोड १४ लाख रुपैयाँको घर वा अपार्टमेन्ट किन्नुभयो भने त्यसको ७० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँसम्म बैंक वा वित्तीय संस्थाले ऋण दिनेछ । बाँकी ६४ लाख रुपैयाँ भने तपाईंले बैंकमा बुझाउनु पर्नेछ । यस्तै, १ करोड रुपैयाँको घर किन्दा तपाईंले जम्मा ३० लाख रुपैयाँ बैंक वा वित्तीय संस्थालाई दिए हुन्छ । बाँकी रकम सोही बैंक वा वित्तीय संस्थाले ऋणको रुपमा तपाईंलाई दिनेछ ।

यसअघि घर वा अपार्टमेन्ट किन्न धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्थ्यो । यस्तो कर्जा लिएका ऋणीले आफ्नो आम्दानीको स्रोतको रुपमा घरभाडालाई देखाउन भने पाउने छैनन् ।

यो ऋण घर वा अपार्टमेन्ट खरिद गर्नेहरुका लागि अर्काे सजिलो पनि छ । त्यो सजिलो के हो भने ऋण लिएपछि बैंक वा वित्तीय संस्थाले ब्याज बढाए भने पनि किस्ता भने बढ्ने छैन ।

कस्ता घर आउँछन् २ करोडसम्ममा ?

राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा चलेको आवाशीय घरको मूल्य अनुसार नै हो । किनभने घर बनाएर विक्री गरिरहेका कम्पनीहरुको घर नै डेढ करोड रुपैयाँसम्ममा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार