अनसन डाक्टर गोबिन्द के.सीको पथिचय (भिडियो)

काठ्माडौ, डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।

सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा अस्पताल भर्ना गरिएको छ ।

डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उनलाई सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिएका छन्। डा. के.सीको थप परिचय हेर्नुहोस भिडियोमा..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार