गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणलाई गायक प्रताप दाशको आर्थिक सहयोग

काठमाडौं / गायन रियालिटि शो नेपाल आइडलको पहिलो सिजनबाट चिरपरिचित बनेका गायक प्रताप दाशले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।

फाउन्डेसनको अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई भेटेर नगद रु २० हजार बुझाएको छ । भरतपुर चितवनमा निर्माणाधीन रंगशालाको डिपिआर तयार भएर काम धमाधम भइरहेको सीताराम कट्टेल धुर्मुसले फेसबुक मार्फत जानकारी गराएका छन् ।

त्यस्तै केहीदिन अगाडि मात्र समाजसेवी इशा गुरुङले पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि व्यक्तिगत रु ५ लाख नगद रुपैयाँ सहयोग गर्नु भएको छ ।

२०७२ सालको भुकम्प पछि सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीले थुप्रै नमुना बस्ती तयार गरिसकेका छन् । सामाजिक कार्यमा लागिरहँदा कलाकारिता क्षेत्र छाडेको हो ? भन्ने प्रश्नलाई पनि नयाँ चलचित्र निर्माण गेर जवाफ दिएका छन् ।

रामबाबु गुरुङ निर्देशित धुर्मुस सुन्तलीको चलचित्र “सेन्टी भाइरस’ छायांकन सकेर प्रदर्शनको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार