यो हो, ६४ लाखमा बिक्री हुने छेपारो, जुन नेपालमा यत्र तत्र पाइन्छ…

काठमाडौँ ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । हाम्रो घरका भित्ता वा ढोकाहरुमा टाँसिने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइहरुले बिश्वास गर्नुहुन्नहोला । चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन र हिरा भन्दा पनि महंगो छ । त्यो छेपारोको मुल्य ६४ लाख रुपैयाँ रहेको छ । यो छेपारोले विशेष आवाज निकाल्ने भएकोले दुर्लभ छेपारोको रुपमा लिईएको छ । यस जातिको छेपारोको नाम गिको हो ।

‘टक के’ भने जस्तो आवाज निकाल्ने भएकाले यो छेपारोलाई टक के छेपारो पनि भनिन्छ । यसको मासु औषधि बनाउन र दक्षिण पूर्व एसियामा मधुमेह,एड्स,क्यान्सर र यौन क्षमता बढाउने औषधि जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुने गरेको पाइएको छ । अन्तराष्ट्रिय ब्ल्याक मार्केटमा समेत यो छेपारोको माग उच्च छ ।

यसको तस्करी लाखौँ रुपैयाँमा हुने गरेको र यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइने गरेको छ । वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ । विश्वको कालो बजारमा समेत यो छेपारोको माग अत्यधिक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार