जब अंगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरालाई गुमाए…

सिन्धुपाल्चोक । दशैंदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कदै गरेको दोलखा शैलुङ गाउँपालिका–३ का जितबहादुर खडकाको साथमा अहिले छोरी मात्रै साथमा छिन् । खड्का आइतबार श्रीमती र छोराछोरी लिएर घरबाट निस्किएका थिए । त्यही पाइलो नै श्रीमती र छोराले घरको मुलढोकामा टेकेको अन्तिम पाइलो भयो । एकै सिटमा रहेकी छोरी र उनी कसरी बचे उनलाई अहिले सम्झना छैन ।

टाउँकामा गम्भिर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो, श्रीमती अंगालोमा लोलाई रहेकी थिइन। सँगै रहेकी छोरी पनि दाइ राजिवसँग कुराकानी गर्दे थिइन् । एक्कासी गडंग आवाज आयो । त्यसपछि उनी बोल्नै सकेनन् । सुकुटे भन्दा केही किलोमिटर अगाढी सपरिवार रमाइलोसँग खाना खाएर अघि बढेको ५ मिनेटमा नै खडकाले श्रीमती र छोरालाई सधैंको लागि गुमाउनु प-यो । बाह्रबिसेको यात्रुबसलाई ओभरटेक गरेर अघि बढेको बस फेरी नियन्त्रणमा फर्कन सकेन र खोलामा खस्यो ।

त्यसपछि के कसरी आफु र छोरी बाँचियो पीडामा रहेका खड्काले बताउन सकेनन् । आइतबार भएको विभत्व बस दुर्घटनाको यति खबर मात्रै सुनाउन सके उनले । दुर्घटनामा श्रीमती र छोरा गुमाएका पीडा जति छ त्यसमाथि आफन्तको श वलाई समयमा नै अन्तिम संस्कार समेत गर्न नपाउँदा उनको मन बेचयन भएको छ । दुर्घटनामा घाइते भएका उनी र छोरीलाई एम्बुलेन्सले अस्पतालमा लगेपछि मात्रै उनले छोरा र श्रीमती गुमाएको थाहा पाएका थिए । घाइते अवस्थामा नै श्रीमती र छोराको अनुहार हेर्न प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसे आएका खडकाले श वगृह भित्र प्रवेश गर्न साथ बेहोस भए ।

श्रीमती र छोरा गुमाउनुको पीडाले बिक्षिप्त भएका खडका प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेको प्रागंण्मा थिए । उनी भन्दै थिए –‘नेता र ठुलाबडामा मान्छेहरु परेका भए तुरुन्तै माला लगाएर लान्थे, तोप पड्काउँथे, सलामी दिन्थे तर हामी गरीबहरुलाई कसैले पनि न्याय दिएन । आफन्तको ला स माग्न पनि तीन दिन लडाइ गर्नु प¥यो । ‘मेरो छोरा र श्रीमतीले म रेर पनि न्याय पाएनन् अस्पतालको चिसो ला स घरमा उनीहरुलाई देख्दा मलाई झन धेरै पीडा भयो ।’

‘यातायात कम्पनीसँग बार्ता गर्ने नाममा हाम्रा आफन्तका श वहरुलाई बेकारमा अस्पतालमा चाङ लाएर राखियो’, उनले भने, न उसले हाम्रो माग सम्बोधन गर्यो न हाम्रा आफन्तले समयमा आफ्नो परम्परा अनुसारको संस्कार पाए ।’‘बसले बिहानैदेखि अनियन्त्रित भइरहेको थियो । कतिपय यात्रुहरुले यस्तो अनियन्त्रित गरी नचलाउन चालकलाई सचेत पनि गराएका थिए’, त्यो दिनको घटना सम्झँदै खडकाले भने । ‘बसका सबै यात्रु बसमा चढेदेखि नै त्रसित थिए । कसैले बन्देउको शसस्त्र क्याम्पमा यो बसका यात्रु र चालकका बिच तनाव बढेका बसलाई नियन्त्रणमा लिन फोन गरेकोले बन्देउ प्रहरी तयारी हालतमा थियो तर त्यहाँ नआइपुग्दै घटना भयो’ खडकाले रुँदै भने ।

दोलखाको शैलुङमात्रै होइन सिन्धुपाल्चोकको बाह्रबिसे पनि निकै शोकाकुल बन्यो । आफन्त गुमाएका, बेपत्ता भएका र घाइतेका परिवारहरु न्यायको खोजीमा बाह्रबिसे पुगेका थिए । त्यहि समुहमा थिए शैलुङ गाउँपालिकाका सुकमान तामाङ । सुकुटेको दुर्घटनामा बेपत्ता भएकी आफ्नी भतिजीको खाीिजका लागि हातमा ६ वर्षीया भतिजीको फोटो लिएर सुकमान भक्कानी रहेका थिए । मेरो भतिजी जस्तोसुकै अवस्थामा भए पनि पाउन पाए हुन्थ्यो उनी भन्दै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार