भारतीय ज्यादती अति भयो -गायक रामजी खाँड

काठमाडौं । ‘माछी मार्न जाउँ न दाजै कालापानीमा
छेकीवरि दुवाली महाकालीमा
माछी मार्न जाउँ न कालापानीमा’
विजय श्रेष्ठको शब्द संगीत र विधान श्रेष्ठको स्वरमा रहेको यो गीत घन्किँदा हरकोही नेपालीको मन चसक्क हुन्छ । नेपाली भूमि कालापानीमा सात दशकदेखि भारतीय फौजले कब्जा गरेर बसेको छ । ६० को दशकमा चिनियाँ सेनासँग युद्ध गर्दै भारतीय फौज नेपाली भूमिमा प्रवेश गरेको थियो ।

निर्जन पहाडी क्षेत्रमा नेपाली पक्षको खासै सुरक्षा बन्दोबस्ती थिएन । त्यही दुर्बलताको फाइदा उठाउँदै भारतीय फौज नेपाल पस्यो । भारत–चीन युद्ध सकियो तर भारतीय फौजले नेपाली भूमि छाडेन । महाकाली नदी वारि पर्ने कालापानी, लिपुलेक सबै नेपालकै हो भन्ने कुरामा कुनै दुई मत छैन । सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको छ । सीमा वारि पर्ने यी क्षेत्र भारतको हुने कुरै भएन । महाकाली भन्दा वरको एउटा खहरे जस्तो खोलालाई महाकाली नदी मानेर भारतले किचलो गरिरहेको छ ।
५४ साल तिर महाकालीको खिल बल्झेको बेला राष्ट्रवादी धारमा गीत संगीत सिर्जना गर्ने विजय श्रेष्ठले ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ बोलको गीत सिर्जना गरे । यो गीतले पनि नेपालीलाई कालापानी बिर्सन दिँदैन ।

राष्ट्रियताको मामिलामा नेपालका राजनीति गर्नेले जति सायदै अरु कसैले घात गरेका होलान्, तर स्रष्टाहरुले आफ्नो भूमिलाई कहिल्यै माया मार्न सकेनन् । गीत संगीतको माध्यमबाट होस् वा प्रहसनको माध्यमबाट । कालापानी, सुस्ता, लिपुलेक प्रतिको स्पष्ट अडान नेपाली स्रष्टाको आँखीझ्यालबाट स्पष्ट देखा पर्दै आएको छ । हालै भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि अहिले पनि कलाकारहरुले आफ्नो कालापानीबारे विचार अभिव्यक्त गरिरहेका छन् । गायक रामजी खाँडले भारतीय ज्यादतीबारे सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट् गर्दै लेखे,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार