काठमाडौं / लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ ।

दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले अाफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन….
२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् ।

घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।
