बिरामी छोरो छोडेर सिमाना जोगाउन जनता जगाउँदै जनगायक जीवन शर्मा..

काठमाडौं// जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो।

उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन। अमृतको अवस्था यस्तो रहँदा बाबु जीवन शर्मा के गरिरहेका होलान? हामी सहजै अनुमान गर्न सक्छौँ, उनी अस्पतालमै छोराको साथमै होलान्। औषधि खुवाउँदै होलान, छोराको स्याहार गरिरहेका होलान्।

जनताका गीत गाउँदै जीवन बिताएका शर्मा भने अनुमानविपरीत बिरामी छोराको साथमा छैनन्। भारतले नेपालको सीमा मिचेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेपछि नेपालीहरू यतिबेला सडकमा छन्। भारतले जमिन मिचेकोमा नेपालीहरू सडकमा आइरहेको बेलामा जनगायक शर्मा पनि गीतमार्फत् सीमा जोगाउन आह्वान गर्दै स्टेजमा देखिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार