नेपालमै यसरी बनाईयो बरको रुखमा होटेल..

धनकुटा / रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ।तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ।

अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बू र हेमकुमार लिम्बूको रुखमा कटेज निर्माण गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।करिब ५ लाख रुपैयाँको लागतमा निर्मित उक्त कटेज गत असोज २१ गतेदेखि सञ्चालनमा आएको सञ्चालक प्रेम लिम्बूले बताए। कटेज हेर्न आउनेको दिनहुँ भीड लाग्ने प्रेमले बताए।

माथि डाँडैबाट कटेज देखिने भएकाले पाहुनाले देख्नेबित्तिकै अचम्म मान्छन्। सेल्फी खिचिहाल्छन्। धनकुटा–सिँधुवा सडक खण्डको सिँधुवा र जोरपाटी बजारदेखि करिब २५ मिनेटको सवारी यात्रापछि त्यहाँ पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार