धोती र कुर्तामा राजेश हमाल वीरगन्ज पुगे पछी..

काठमाडौं। नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता राजेश हमाललाई धोती–कुर्ता पहिरन कत्तिको सुहाउला ? यो खबर आजको कान्तिपुर दैैैनिकमा छ।

चलचित्रमा पनि हालसम्म सम्भवत: उनी यस्तो पहिरनमा देखिएका छैनन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा भने हमाल तराई मधेसको मौलिक पहिरन धोती–कुर्ता लगाएर झुल्किँदा दर्शक दंग परे ।

वीरगन्जबासीले प्रतीक्षा गरेको कार्यक्रम ‘सप्तरंगी–२’ मा हमाल आउने बताइएपछि उनलाई नजिकबाट नियाल्न पाउने आशमा दर्शक संख्या अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो। वीरगन्जको घन्टाघर चोकमा आयोजित कार्यक्रममा दर्शकको चाप निकै बढेपछि अवागमन नै अवरुद्ध हुनपुग्यो । प्रहरी बाटो सुचारु गराउन हैरान देखिन्थे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार