काठमाडौं / पूर्व व्रिटिस आर्मी पर्शु राई र सञ्चारकर्मी सिर्जना निंलेकुको जोडीलाई उदाहरणीय प्रेम जोडी भन्दा अत्याुक्ती नहोला । आफ्नो प्रेमको जोडी समान उमेरको होस् भन्ने धेरैको चाहना हुन्छ ।
तर सिर्जनाले यस्तो जोडी छानिन् जो उनी भन्दा झण्डै दुई दशक बढी जेठा छन् । तर त्यसले उनीहरुको माया, प्रेम सम्बन्धलाई कुनै प्रभाव पारेको छैन । उनीहरुको भेटघाट दमकमा घरमै भएको थियो ।
सिर्जनाका दाईको नाता पर्नेले दुई जनाबीच परिचय बनाइदिएका थिए । विस्तारै उनीहरुबीच सम्बन्ध अघि बढ्दै गएपछि पर्शु सिर्जना प्रति आकर्षित हुँदै गए । सिर्जनाको यो दोस्रो विवाह हो । पर्शुसंग भेट हुँदा सिर्जनाको पहिलो विवाहवाट सम्बन्ध विच्छेद भइसकेको थियो ।
निकै सानो उमेरमा विवाह भएर एउटा छोरी समेत रहेको सिर्जनाले बताइन् । छोरी जन्मिसकेपछि उनले पत्रकारीता तर्फ हात हालेको बताइन् ।
सिर्जनाको स्वभाव देखेर भुतुक्कै भएका पर्शु धरानवाट काठमाडौं फर्किए पछि मनमा सिर्जना प्रति माया पलाइसकेको बताए । तर उनले त्यसवारे केही बताएनन् । काठमाडौं फर्किए पछि फोनमा कुराकानी हुँदा भने पर्शु निकै खुलेर बोल्थे ।
मेरो नदेखिएको टलेन्ट देखेर सिर्जनाले पनि मन पराउँछ भन्ने लागेर प्रस्ताव राखेको बताए । पर्शुले प्रस्ताव गरेपछि सिर्जनाले उनको मन तत्काल नदुखोस् भनेर तत्काल हुँदैन भनिनन् । त्यतीबेला उनले पर्शुसंग विवाह गर्ने बारे सोचेकी थिइनन् । तर पछि पर्शुसंग कुराकानी गर्दै जाँदा सिर्जना पनि पर्शुप्रति आकर्षित भइन् ।