काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो ।
नेपाल र भारतबीच झन्डै १,९०० किलोमिटर लामो सीमा छ तर कालापानी र सुस्ताका भूभागलाई भारतले पनि आफ्नो भएको दाबी गर्दै आएको छ। ती मुद्दा टुङ्गिन बाँकी भएकै बेला कालापानीको विषय फेरि चर्चामा आएको छ। हेरौ यो रगत उमाल्ने भिडियो –