पहिलो पटक मुस्ताङ पुगेर भिडियो निर्माण गरिएको लोक दोहोरी गीत ‘अर्गानिक फल “सार्वजनिक(भिडियो)

काठमाडौँ –नेपाली लोकदोहोरीलाई धेरै माया गर्नेमा विदेशमा रहेका नेपालीहरु पर्दछन् । आर्थिक रुपले होस या आफ्नो सिर्जनाका माध्यमले होस उनीहरुले यो क्षेत्रमा निरन्तर योगदान गरिनै रहेका छन ।

विदेशमै रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने बागलुङका विरु कार्कीको नयाँ कोशेली “अर्गानिक फल “शुक्रवार सार्वजनिक भयको छ।
मुस्ताङमा पुगेर भिडियो निमार्ण गरिएको सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको देखिन्छ।

विरु कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा विरु कार्की र लक्ष्मी मल्लको आवाज रहेको छ । गीतको म्युजिक भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका छन भने सुनिल क्षेत्र र रक्षा श्रेष्ठले गीतमा अभिनय गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार