नेपालगन्ज : बाँकेको जमुनहा नाका सर्वसाधारण आवतजावतका लागि केहि खुकुलो पारिएको छ ।
अयोध्यास्थित विवादित रामजन्म भूमिबारे भारतीय सुप्रिम कोर्टले दिएको फैसलालाई दृष्टिगत गर्दै ‘सील’ गरिएको सो नाका आइतबार दिउँसोवाट केहि खुकुलो पारिएको हो । दुवै मुलुकका नागरिकलाई पैदल ओहोरदोहोर गर्न दिइएको छ । भारतीय सुरक्षाकर्मीले अत्यावश्यकीय कामका लागि जान थालेका व्यक्तिलाई भारततर्फ जान दिएका छन् । कामका लागि भारत जान लागेका नेपालीलाई छाडिएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो ।