सबै युवा खाँडी मुलुक,धान पाकेर पहेलपुर भो,धान काट्ने र थन्क्याउने युवा गाउँमा भेटिएनन्

सविन लामिछाने, तनहुँ, २३ कात्तिक । कार्तिकमा धान काट्ने समय । हिन्दूहरुको महान चाडपर्वहरु सकिए लगतै कृषकहरुलाई धान काट्न र भित्राउन चटारो परेको छ । फाँटमा धान पाकेर पहेंलपुर छ ।

युवा विदेशमा, घरमा बालबालिका र बूढापाका मात्र । रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि मुख्य बाली धान भित्र्याउने समयमा श्रमिक अभाव भएको छ । तनहुँको विभिन्न क्षेत्रमा धान काटिँदै छ ।

मजदूर अभावले कार्तिक सकिन्न लाग्दा पनि यहाँका किसानले धान थन्क्याउन सकेका छैनन् । धान कटनी र थन्क्याउने जिम्मेवारी महिला र वृद्धवृद्धाको काम बनेको छ । व्यास ६ देउरालीकी शर्मिला थापाले बा आमालाई लिएर धान काट्न थालेका र युवा जति सबै खाडी मुलुक तीर लाग्दा खेतबारीको काममा समस्या थपिएको बताइन् ।थापाले खेतीपाती जिम्मेवारी बुढ्यौली र महिलाहरुको काँधमा आइपरे पछि उत्पादनमा ह्रास आउनु स्वभाविक भएको पनि बताइन ।

सोही वडाकी फुलमाया दर्लामीको गुनासो पनि उस्तै छ । बुढापाकालाई लिएर बल्लतल्ल धान रोपेर पाक्यो र अब अहिले धान काट्न, झाट्नको लागि चटारो परेको परेको उनको भनाइ छ । युवा विदेशिए पछि असारमा खेती लगाउन र मंसिरमा भित्र्याउन धेरै कठिनाइ व्यहोर्नुपरेको समेत दर्लामीको गुनासो छ ।

अहिले ग्रामीण भेगका शिक्षित युवाहरू सुरक्षित र सरल रोजगारीका निम्ति भारतका विभिन्न शहरतिर आकर्षित छन् । गाउँका अधिकांश युवा बिदेशिएपछि मुलुकका अधिकांश जिल्लामा बाली भित्र्याउन सकस परेको छ ।प्रायः धेरैजसो युवाहरू आफ्नो घरमा गाईभैंसी चराउने, खेतीपाती गर्ने, हलो कोदालो गर्ने जस्ता घरायसी काम गर्न अल्छी मानेर साथीसंगतमा र केही खेतीपातीले गुजारा गर्न मुस्किल हुने भएकाले भारत र खाडी मुलुक पस्ने चलन नै बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार