भारतले अफ्नो गल्ति नसच्चिएसम्म भारतीय टेलिभिजन र चलचित्रमा प्रतिबन्ध लगाउन माग…

काठ्माडौं- भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गरिएको छ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु (छैठौं) र कांग्रेस सम्बद्ध नेविसंघलगायतका विद्यार्थी संगठनले अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्।

विद्यार्थी संगठनका नेताहरूले संयुक्त रुपमा शुक्रबार अर्घाखाँचीलगायत देशभर भारतीय फिल्ममाथि, टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन माग गरेका छन्। उनीहरूले भारतले नक्सा नसच्चाएसम्म चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार