हट अवतारमा स्वस्तिमा खड्का….

काठ्माडौं, कलाकारलाई लाइम लाइटमा ल्याउन एउटै फिल्ममा गरेका अभिनय नै काफि हुन्छ । यसो भनिरहँदा एउटै फिल्मबाट आएको ब्याजले निरन्तर धानिरहन कहाँ सक्छ र ? गतवर्ष फिल्म ‘बुलबुल’मा नायिका स्वस्तिमा खड्काले जीवन्त अभिनय गरिन् ।

जसबाट उनी यसपालि अवार्डमा एक्लो हकदार जस्तै भएकी छिन् । उनले अवार्ड पाउने शृंखला सुरु भएको थियो, सार्क फिल्म फेस्टिभलबाट । श्रीलंकामा भएको फेस्टिभलमा उनले अभिनेत्रीतर्फ जुरी अवार्ड हात पारेकी थिइन् ।

त्यसपछि उनले राष्ट्रिय अवार्ड हात पारिन् । राष्ट्रिय अवार्ड पछि उनले इमेज अवार्ड पनि हात पारिन् । स्वस्तिमाले ‘बुलबुल’मा देखाएको अभिनयस्तर अन्य फिल्मबाट पनि दर्शकले अपेक्षा गरेका थिए । दर्शकको अपेक्षामा उनले फिल्म ‘हजार जुनी सम्म’मा न्याय गर्न सकिनन् ।

स्वस्तिमाको अबको फिल्म ‘घामड शेरे’ रहनेछ । यसबाट उनले कतिको सफलता पाउनेछिन् त्यो भने हेर्न बाँकी नै छ । नत्र त स्वस्तिमालाई प्रतिष्ठित अवार्ड हात पारेको भारी मात्र हुनेछ । अब उनले दर्शकको अपेक्षामा न्याय गर्छिन कि !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार