मोरङको रंगेलीमा थुन नै नभएको गाईले पायो बाछो, स्थानिय अचम्मित

मोरङ / मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा थुन नै नभएको गाईले बाछो जन्माएकाे छ । स्थानिय मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमाकाे ल्याएकाे गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउन खोज्दा गाईको थुन नै नभेटिएकाे हाे । गाईको थुन नभएपछि मण्डलले रंगेलीमा रहेको पशुपंक्षी सेवा कार्यलय रंगेलीमा बुधबार गाई र बाछो दुबै ल्याए चेक जाच गराएका थिए ।

नायव पशु स्वास्थ्य प्राबिधिक ज्योती वाँस्कोटाले गाई चेक जाच गरेर तीन बटा थुन नै नभएको र एउटा थुन भएपनि त्यसमा दूध आउने नशा नभएकोले दूध आउन नसक्ने जानकारी दिए । बाँस्कोटाले बाछो राम्रो भएको हुनाले बाछोलाई पाल्नका लागि ५ महिनासम्म निप्पलको सहारामा दूध खुवाउन सुझाव समेत दिएकाे बताए ।

पशु प्राबिधिक बाँस्कोटाले कुनै पनि पशुहरुको हाडनताबाट गर्भ रहेर जन्मेका पशुहरुमा यस्तो प्रकारको समस्या हुने गरेको बताए । साथै बाँस्कोटाले आफ्नो कामको शिलशिलामा अहिलेसम्म यस्तो अनौठो गाई समेत नदेखेको बताए । त्यसै बिच गाईको थुन नभएको बारेमा गाउँभरी हल्ला चले पछि हेर्न अएका स्थानिय समेत देखेर अचम्मित भए ।

यो पनी पढ्नुहोस
कात्तिक मासको शुक्ल पक्षको चतुर्दशी सोमबार २५ गते अर्थात ११ नोभेम्बरमा परेको छ । यसलाई बैकुन्ठ चतुर्दशी पनि भनिन्छ । यो दिन भगवान विष्णु तथा शिवजीको विशेष पूजा गरिन्छ । देवशयनी एकादशी अर्थात चतुर्मासको सुरुवातमा भगवान विष्णुले सृष्टिको भार भगवान शिवलाई सुम्पेर आफूले विश्राम लिने धार्मिक मान्यता रहेको छ ।

यो चार महिना सृष्टिको सञ्चालन शिवजीले गर्ने छन् । देवउठनी एकादशीमा भगवान विष्णु जाग्ने र बैकुन्ठ चतुर्दशी तिथिमा भगवान शिवजीले सृष्टिको भार फेरि विष्णुलाई सुम्पने विश्वास गरिन्छ । यो दिन शिवजी र विष्णुको विशेष पूजा गरे लाभ मिल्ने धार्मिक विश्वास रहेको छ ।

१. बैकुन्ठ चतुर्दशीमा बिहान तथा साँझ गणेश भगवानको पूजा गर्नुहोस् । यसपछि भगवान विष्णुको प्रतिमा तथा शिव लिङ्गको पूजा गर्नुहोस् । भगवान विष्णुलाई केसर, चन्दन मिसाएको जलले स्नान गर्दिनुहोस् । चन्दन, पहेलो वस्त्र, पहेलो फूल पनि चढाउनुहोस् ।

२. शिव लिङ्गलाई दूध मिसाएको जलले स्नान गरेपछि सेतो फूल, अक्षता, बिल्वपत्र चढाउनुहोस् । दुवै भगवानलाई कमलको फूल अर्पित गर्नुहोस् ।

३. दुवै देउतालाई दूधबाट बनेको मिठाइको भोग लगाउनुहोस् । दीप वा धुप जलाउनुहोस् । आरती गर्नुहोस् । यसका साथै मन्त्रको जाप पनि गर्नुहोस् ।

यसका लागि तपाईंले यी मन्त्र उच्चारण गर्नु भयो भने तपाईंले गरेको प्रार्थना तथा भक्तिभाव अझ प्रभावकारी हुनेछ ।

विष्णु मन्त्र

पद्मनाभोरविन्दाक्ष: पद्मगर्भ: शरीरभूत्। महर्द्धिऋद्धो वृद्धात्मा महाक्षो गरुडध्वज:।।
अतुल: शरभो भीम: समयज्ञो हविर्हरि:। सर्वलक्षणलक्षण्यो लक्ष्मीवान् समितिञ्जय:।।

शिव मन्त्र

वन्दे महेशं सुरसिद्धसेवितं भक्तै: सदा पूजितपादपद्ममम्।
ब्रह्मेन्द्रविष्णुप्रमुखैश्च वन्दितं ध्यायेत्सदा कामदुधं प्रसन्नम्।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार