काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ ।
तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो ।
डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् ।
यो पनी पढ्नुहोस
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् ।