भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं । भारतको नयाँ नक्सामा नेपालको भूभाग मिचिएको विरोधमा प्रदर्शन गरेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारी आवद्ध बिद्यार्थीरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए । नारावाजी गर्दै प्रदर्शन बानेश्वरतर्फ अघि बढ्ने क्रममा दर्जन बढि बिद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रदर्शनका लागि संगठनले बिद्यालय पोशाकमा नै बिद्यार्थीहरु माइतिघर ल्याएको थियो । विद्यार्थीहरूले हात–हातमा भारतविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भारतले कालापानी र लिपुलेकलाई समावेश गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विरोधमा अन्य बिद्यार्थी संगठनले पनि आइतबार काठमाडौमा प्रदर्शन गरेका थिए ।

यो पनी पढ्नुहोस

बाँके । कोहलपुर नगरपालिका–६, वडामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले सरगर्मी छाएको छ । यतिबेला सवै दलहरुले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटीहरु निर्माण गरेर चुनावी गतिविधिहरुलाई तीव्र बनाएका छन् । दिनहुँजसो राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रमहरु भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले सबै रणनीति तय गरिरहेका छन् ।

वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा मुख्य तीन दलले उम्मेदवार टुङ्गो लगाएसँगै चुनावी सरगर्मी बढेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि कोहलपुर वडा नम्बर–६, उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ । तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार