काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन् । एक म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् । ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने म्याग्जिनको जिज्ञासामा उनले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’
त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन् । उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन् । पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ ।
केहि समय अगाडी यो समाचार सामाजिक सन्जालमा भाइरल बनेका बेला नायिका सोनाक्षी सिन्हाले पछिल्लोपटक आफु प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’
सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी छैनँ ।’ उनका अनुसार, उनका मातापिताले ‘सुशिल केटा’ खोजेका छन् । उनका अनुसार, बलिउडमा यस्तो गुण भएको केटा कोही पनि छैनन् ।
सोनाक्षीले प्रेम सम्बन्धमा कुनै पनि खालको जालझेल आफूलाई स्विकार नहुने पनि स्पष्ट पारिन् । उनले भनिन्–‘यदि मेरो प्रेमीले मलाई चिट गर्छ भने, उसलाई भोलीपल्ट मेरो साथमा कसैले पनि देख्दैनँ ।’ सोनाक्षी पछिल्लो समयमा असफल चलचित्रको मारमा छिन् ।
उनका बारेमा केहि रोचक कुरा :
तपाईंलाई अनौठो लाग्न सक्छ कि, सोनाक्षीले कस्ट्युम डिजाइनरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले फेसन डिजाइनिङमा ग्राजुएट गरेकी हुन् । उनले २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन् । सोनाक्षी मोडलिङ पनि गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लेक्मी फेसन विकका लागि र्याम्प वर्क गरिसकेकी छिन् ।
बलिउडमा डेब्यु गर्नुअघि सोनाक्षीको तौल ९० बिलो थियो । फिल्म ‘दबंग’मा एक गाउँका युवतीको भूमिमा फिट हुने भएकाले सोनाक्षीलाई ३० किलो तौल घटाउन लगाइयो । यति तौल घटाउनका लागि उनलाई करिब २ बर्ष लाग्यो ।
तौल कम गर्नका लागि सलमानले सोनाक्षीलाई एकदमै सहयोग गरे । उनले सोनाक्षीलाई खुब पैदल हिँडाउने गर्थे । हुन त उनका पिता सत्रुध्न सिन्हा छोरीलाई फिल्म क्षेत्रमा आएको हेर्न चाहँदैनथे । तर, जब सलमानले जिद्दी गरे, तब उनी पग्लिए ।
सोनाक्षीले आफ्ना पितासँग वाचा गरेकी थिइन् कि, उनले आफ्ना परिवारको इ’ज्जतको पुरा ख्याल राख्नेछन् । त्यही कारण उनले फिल्ममा अहिलेसम्म बि’किनी लगाएकी छैनन्, न त कि’सि’ङ सि’न नै दिएकी छिन् । फिल्म साइन गर्नुअघि नै उनी निर्माता र निर्देशकसँग यो कुरामा स्पष्ट गर्छिन् । सोनाक्षी बलिउडकी अन्य हिरोइन जस्तै साइज जीरोको वाकलत गर्दिनन् । उनलाई लाग्छ कि, उनी यस उद्योगमा अभिनय गर्नका लागि आएकी हुन्, तौल घटाउनका लागि होइन ।
कति पटक सोनाक्षी सिन्हा र अभिनेत्री रीना रायलाई तुलना गरेर हेरिन्थ्यो । तर, यसमा सोनाक्षीले बिरोध गरिरहिन् । रीना राय जस्तै देख्छ भन्ने कुराको खण्डन गर्दै उनले भनेकी थिइन्, म मेरी आमा पुनम सिन्हा जस्तै देखिन्छु ।
सोनाक्षी खानेकुराको एकदमै सौखिन छिन् । उनलाई भारतिय र थाई खाना एकदमै मनपर्छ । उनी कहिले काहीँ जं’कफू’ड पनि खाने गर्छिन् ।
उनलाई पेन्टिङमा एकदमै सौख छ । फुर्सदको समयमा उनी पेन्टिङ गर्छिन् । यसका साथै उनले आफ्नो घरमा एक स्टुडियो पनि बनाएकी छिन् ।
सोनाक्षीलाई साडी एकदमै मनपर्छ । फिलम ‘लु’टेरा’को एक गीतमा उनले ९ वटा साडी लगाएकी थिइन् । त्यसको मूल्य भारु ३० हजार देखि ३५ हजार रुपैयाँ बीचमा थियो । कुल मिलाएर सोनाक्षीले यस गीतको लागि भारु तीन लाखको साडी लगाएकी थिइन् ।
अभिनयका साथसाथै सोनाक्षी गीत पनि गाउने गर्छिन् । फिल्म ‘रियो २’ मा ज्वेल नामको क्यारेक्टरका लागि उनले गीत गाएकी थिइन् । र, फिल्ममा उनले आफ्नो आवाज पनि दिएकी थिइन् । अभिनय, गायनका साथै सोनाक्षी राजनीतिमा पनि निकै रुची राख्ने गर्छिन् । तर, राजनीतिक क्षेत्रमा आउने भने उनको इच्छा छैन ।
सोनाक्षीको नाम बन्टी सचदेवसँग जोडिएको थियो, जो पूर्व-बिबाहित हुन् । साथै सोनाक्षीभन्दा उमेरले निकै जेठो पनि हुन् । त्यसका साथै सोनाक्षीको नाम रणवीर सिंहसँग जोडियो । सोनाक्षीको सबैभन्दा मनपर्ने निर्देशक संजय लिला भन्साली हुन्, राम्रा अभिनेता ऋतिक रोशन हुन् । जबकी उनको मनपर्ने अभिनेत्री रानी मुखर्जी हुन् ।
सोनाक्षीलाई कवड्डी जस्ता खेल मनपर्छ । उनी युनाइटेड सिंग्स नामको कवड्डी टिममा युकेको कम्पनी हायरे गूपको साझेदार मालिक पनि हुन् । सोनाक्षी जनवारलाई एकदमै प्रेम गर्छिन् । उनले कुकुर, बिरालोको पक्षमा भएको एक अभियानमा सहभागिता नै जनाएकी थिइन् ।