काभ्रेमा बस दुर्घटना..

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस दुर्घटना भएको हो ।

बसमा करिव ३० जना यात्रु रहेको र दुर्घटनामा परी बसमा सवार सबै यात्रु घाइते भएका छन् । बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दुर्घना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको हो ।
(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार