काठ्माडौं, सुन्दरता र शालिनताका कारण पूर्वयुवराज्ञी हिमानी शाह नेपालीहरुमाझ सदावहार रुपमा चर्चामा आइरहने पात्र मध्येकी एक हुन् । पूर्व युवराज्ञी, पारसकी श्रीमती, लगायतका उपमाहरु उनका अगाडी ओझेल पर्छन् कारण हो उनको मन्द मन्द मुस्कान सहित बोल्ने बानी ।
४३ वर्षको उमेरमा पनि उमेरमा जस्तै सुन्दर यि ३ सन्तानकी आमा अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस सारीमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् भन्दा फरक नै पर्दैन ।राजस्थानको पूर्वराजधिरासँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानीको शालिनता पहाडजस्तै अग्लो नै छ ।
उनै हिमानी फेसबुक स्टार्टसको आजभोली खुब चर्चा हुने गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा प्राय एक्टीभ रहने उनले दिनौं जसो स्टार्टस पोष्ट गर्छिन र उनका स्टार्टस जहिले गहकीला हुन्छन। उनले आजको स्टार्टसमा लेखेकी छिन ।
नारीको जिन्दगी मुहानको जल नदीको पानी हो ”
यदि तपाईले फोहोर मिलाउनु भयो भने नालाको पानी भएर जान्छ ”
सुगन्ध मिलाउनु भयो भने पवित्र गंगाजल बन्छ ”
त्यसैले यो ज्ञात हुन जरुरी सबै नारी र पुरुष दुवैलाई
हामी एक अर्काको निर्भर हौ र हामीले आफ्नो स्वार्थ त्यागेर आफ्नो र आफ्नी लाई ध्यान गरौ !!