गायक राजु लामाको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं/ मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ।लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।

यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्। गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।पछिल्लो समयको चर्चित गायन रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन २ मा कोच भुमिका निभाएपछि गायक राजु लामाको चर्चा झनै चुलिएको छ । साढे दुई दशक अगाडि देखि सांगीतिक क्षेत्रमा अनवरत लागिरहेका उनको लाखौ फ्यान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार