नेपाल-भारतोक सिमिनामा पुगे प्रमोद खरेल ,लेखे यस्तो स्टार्टस..

काााठमाडौं/  गायक प्रमोद खरेलले  कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्।

‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’

उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्यसंयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो ?

त्यसको आंकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दह्रिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार