अञ्जली अधिकारीको ‘फोटो खिचेर'(भिडियो)

काठमाडौं / चलचित्र ‘माया पिरिम’ को नया गीत ‘फोटो खिचेर’ सार्वजनिक भएको छ। लेखु सहयात्री र विन्दु परियारको स्वर रहेको गीतमा लेखु सहयात्रीको शब्द र कोशिस क्षेत्रीको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्री फिचर्ड रहेका छन् । मङ्सिर २० गतेबाट रिलिज हुने चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन्।

चलचित्रमा कोशिश क्षेत्री, किरन चन्द, अनुपम भन्डारी, सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहडी, रमन राई लगायतका कलाकारको अभिनय रहेको छ ।प्रविन थापा र सविन अधिकारीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रलाई निरज कडेलले खिचेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार