काठमाडौं – पछिल्लो समय चर्चित मोडल तथा नायिका आँचल शर्मा आफ्नो बिबाहलाई लिएर निकै चर्चामा छिन् । उनले केहि समय अघि आफु डा.उदीप श्रेष्ठसँग गहिरो प्रेममा रहेको खुलाएकी थिइन् । एक बर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब बिबाहमा परिणत गर्दैछन् ।
नायिका आँचलले हालै एक मिडियामा आगामी फागुनमा बिहे गर्ने फाइनल भएको बताएकी छिन् । आगामी फागुनमा बिबाह गर्ने तयारीमा भए पनि कुन दिन बिबाह गर्ने भन्ने टुङगो नभएको उनले बताएकी छिन् । आंचलले उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताएकी छिन् ।
जोनी जेन्टलम्यान, नाइ नभन्नु ल ४, सत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा अभिनय गरिसकेकी आँचल अब चलचित्र ‘झिंगे दाउ’ मा खेल्ने तयारीमा छिन् ।