कार्तिक मै दुलहा दुलही बने दुर्गेश थापा र विनु शाक्य ( तस्बिर सहित )

काठमाडौं,कार्तिक / पछिल्लो समयमा युवा पस्ताको ढुकढकी बनेका चर्चित गायक तथा मोडल दुर्गेश थापा र बेलि डान्सरले परिचित मोडल विनु शाक्य फिचर्ड नयाँ म्युजिक भिडियोको छायांकन सकिएको छ ।भिडियोलाई चर्चित लोकप्रिय डान्सर मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् । जस्मा दुर्गेश थापा र विनु शाक्यलाई दुलहा दुलहीको रुपमा देख्न पाइने भएको छ ।

विवाहको महिना अर्थात मंसीर नजिकिँदै गर्दा विवाह सम्बन्धित गीतको भिडियोहरु बजारमा धमाधम सार्वजनिक भइरहेको पाइन्छ ।थुप्रै चर्चित गीतहरुमा अभिनय गरेर सबैको मन जितेकी मोडेल तथा बेली डान्सर विनु शाक्यले दुर्गेश थापा सँग सँगै काम गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

केही समय अगाडि तिहार गीतले विवादमा तानिएका थापा यतिबेला रेकर्डिङ र सुटिङमा व्यस्त छन्, भने उनले गरेको नयाँ म्युजिक भिडियोहरु बजारमा सार्वजनिक भइरहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार