इन्द्रेणीको कृष्ण कडेलले गरे ३ करोड नेपालीको मन छुने भाषण(भिडियो)

काठ्माडौं, सन् २०१५ को १५ मईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणको निम्ति चीन पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेलामा ‘लिपु लेकबाट भारत र चीनबीच व्यापारिक मार्ग खोल्ने’ बारे सहमति भएको थियो ।

चीन र भारतबीच भएको यो सहमतिलाई मोदी भ्रमणको बेला बेइजिङमा जारी गरिएको संयुक्त विज्ञप्तिमार्पmत सार्वजनिक गरिएको थियो । यसले नेपाल र चीनबीचको सम्बन्धमा धमिलोपन लेराइदियो । ‘लिपुलेक पास सन् १९५४ देखि चीन र भारतको बीचमा व्यापारिक तथा धार्मिक मार्गको रुपमा प्रयोग हुँदै आइरहेको’ भए पनि लिपुलेक नेपाल र भारतबीच विवादित ठाउँ थियो ।

‘दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित लिपु भञ्ज्याङ प्राचीनकालदेखि नै नेपाल—तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रुपमा रहँदै आएको छ ।’ लिपुलेक नेपालीभूमि भएको कुरा नेपालले ऐतिहासिक तत्थहरूबाट पुष्टी गर्दै आइरहेको हुँदा चीनले यसप्रति सचेत रहनु पर्दथ्यो ।

लिपुलेक मात्र हैन त्यस्तै कालापानी पनि भारतले अब उसको नयाँ नक्शामा पारिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने चीन यो मामलामा भारतसित कठोर हुन चाहँदैन र यसको मतलब के हो भने अब हाम्रो भूमी हामी नेपालीले नै सुरक्षा गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार