प्युठानमा जिप दुर्घ’टना..

प्युठान, प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवाङमा जिप दुर्घ’टना भएको छ । ग २ च ५२४९ नम्वरको जिप दुर्घटना हुँदा जिपमा सवार एक जना महिलाको ज्यान गएको छ भने दुइ जना यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृत’कको सनाखत हुन सकेको छैन ।

फाईल:तस्विर

भिगृबाट स्वर्गद्धारी तर्फ जाँदै गरेको जिप कोलवाङमा बिहान ९ बजे दुर्घ’टनामा परेको थियो । जिपमा ४ जना सवार रहेकोमा एक जना पुरुष भने हामफालेर बाँच्न सफल भएका छन । दुर्घट’नामा घाइते एक महिला र एक पुरुषलाई भने उपचारकालागी भैरहवा रिफर गरिएको छ ।जिप सडकदेखी तिन सय मिटर तल खसेको र दुर्घट’नाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार