देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो…

काठमाडौं : आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन् ।आसन्‍न नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयको छ।

पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकलाई भ्रमण वर्षबारेमा तालिमको ब्यवस्था गरिने भएको छ। त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सयजना स्वयमसेवक परिचालन गरिने मन्त्री भट्टराईले बताउनु भयो।

भ्रमण वर्ष सफल बनाउन यी कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीसहितले गर्ने भएका छन्। 

उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण बर्षका बारेमा तालिमको ब्यबस्था गरिने छ । त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार