गुल्मीमा घटेको डरलाग्दो घट’नामा जुम्ल्याहा छोरी सहित आमाको ज्यान लि’ने पुरुष बल्ल समा’तिए हेर्नुहोस(भिडियो)

काठ्माडौं, गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभ’त्स ह’त्याको रहस्यको पर्दाफास भएको छ । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण महिला र उनका दुई छोरीहरुको ज्या’न गएको खुलेको हो ।

ह’त्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । ह’त्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रह’री अनुसन्धानबाट खुल्न आएको छ । सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना । बुधबार साँझसम्म ह’त्या गरिएका तीनैजनाको पहिचान हुन सकेको थिएन ।

सरिता पोखरा महानगरपालिका–२५ स्थित फेदीमा रहेको एक होटलमा काम गर्दै आएकी थिइन् । उक्त होटल बाग्लुङ्ग गल्कोट नगरपालिका–७ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारको हो ।

होटल सञ्चालक पूर्णबहादुले सरितासँग शा’रीरिक सम्पर्क राख्दै आएका थिए । सरितासँगै अर्की एक महिला पनि पूर्णबहादुरको होटलमा काम गर्दै आएकी थिइन् । पूर्णबहादुरले होटलमा काम गर्न आउने ती महिलासँग शारी’रिक सम्पर्क राख्ने गरेको खुलासा भएको छ । प्रायः महिलाहरुलाई विभिन्न प्रलोभन देखाउँदै शारी’रिक सम्पर्क राख्ने गरेको पाइएको छ । पूर्णबहादुरले सरितालाई आफ्नो श्रीमती बनाउँछु भनेर शारी’रिक सम्पर्क राख्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार