यि हुन अरुणा शाही ,जस्को नेतृत्वमा आज भयो ऐतिहासिक जित सफल..

काठ्माडौं, एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलमा नेपालले शतप्रतिशत जितसाथ उपाधि उठाएको छ । नेपाली टिमले बिहिबार माल्दिभ्सलाई ३–० ले हराएको छ ।

अहिलेसम्म नेपाली महिला भलिबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको अवस्था कप्तान अरुणा साहिको नेतृत्वमा नेपालले एतिहासिक जित हाँसिल गरेको छ । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली महिला टोलीले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो ।

त्यसयता सन् २००६ मा श्रीलंका तथा २०१६ मा भारतमा भएको क्रमशसः ११ औं र १२ औं सागमा पनि कांस्य जितेको थियो । मंसिर १५ देखि २४ सम्म नेपालमै हुन लागेको १३ औं सागको तयारीस्वरुप नेपालले सेन्ट्रल जोनमा सहभागिता जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार