काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबारदेखि सुरु गरेको धार्मिक जागरण यात्रामा रेखा थापा सहभागी भएकी छन्। नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित सुरु भएको उक्त जागरण यात्राको मुख्य आकर्षकका रुपमा उनी रहेकी छन् ।

मंसिर ४ गतेसम्म चल्ने उक्त जागरण अभियानमा केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी छन् ।जनकपुरमा दुबै अध्यक्षले संयुक्त रुपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रासहितको संघर्षको घोषणा गरेको बताए ।

जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ ।