काठ्माडौं, सानो उमेरमा ठूलो चोट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्- ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’
यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी एकल महिलाले दिँदैछे । अझ, एक महिना नपुग्दै पतिवियोगले थलिएकी युवतीले दिँदैछे जीवनको यो परिभाषा ।

यो परिभाषा श्वेताले आफ्नै जीवनको रङलाई निचोरेर निर्माण गरेजस्तो लाग्छ ।
आँखामा आँखा जुधाएर कसैलाई पति वियोगको कथा सुनाउने हिम्मत जुटाउनका लागि श्वेताले कति सहनुपर्यो होला ? कति रुनु पर्यो होला ? तर, आँशु ग्रन्थीले उत्पादन गर्न छाड्दैन ।
६ कक्षामै श्रीकृष्ण अभिनित फिल्मको गीत चट्ट रुमाल क्यामुलुमा छमछमी नाच्ने श्वेताले कहाँ सोचेकी थिइन् र श्रकृष्णसँगै लगन गाँठो कसिन्छ भनेर । उनको लागि अभिनय पनि कल्पना बाहिरको कुरा थियो ।भन्छन् नि जिन्दगी संयोग हो । कल्पना कम र संयोग बढीले चल्छ जिन्दगानी । ‘कहाँ भेटिएला’ श्वेताको त्यस्तै अद्भुत संयोग थियो । त्यो, भेटको डेट श्वेताको दाहिने हातको ट्युटुमा छ ।

यती बेला श्वेता बिभिन्न सामाजिक कामहरुमा निकै ब्यस्त छिन, आज मात्रै उनी भरतपुर पुगेकी छिन। भरतपुर बाट सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर शेयर गर्दै उनले लेखेकी छिन
“मैले भरतपुर भ्रमण बारे भन्नु पर्दा यो एउटा अचम्मको ठाउँ हो। मसँग एक नयाँ प्रोजेक्ट आउँदैछ र म यस बारे पहिले नै उत्साहित छु। प्रकृतिको बारेमा त्यहाँ केहि विशेष छ जुन यसले मलाई मेरा सबै दु: खलाई बिर्सिन बाध्य पार्छ। सबै कुरा एकदम शान्त हुन्छ। यो भ्रमणलाई सम्भव बनाउनको लागि मेरो टीमलाई धेरै धन्यवाद”
