दुखद खबर: सल्यानमा जिप दुर्घट’ना, दुई जनाकाे मृ’त्यु

सल्यान – सल्यानमा जिप दुर्घ,टना हुँदा दुई जनाको ज्या’न गएको छ । आठ जना घा’इते भएका छन् । दुर्घट’नामा परि ज्यान गुमाउ’नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीया कृष्णादेवी परियार र त्यही ठाउँका ५९ वर्षीया यगी थापा रहेका छन् । 

उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाङबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप फलाबाङको बडागाँउ नजिकै दुर्घ’टना भएको प्रह’रीले जनाएको छ । 

फाईल तस्विर

दुर्घट’नामा परि घा’इते हुने सबै एउटै वडाका रहेका छन् । घा’इते हुनेमा फलाबाँग निवासी चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत,५५ वर्षीया सावित्री खत्री,२२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उप महानगरपालिका ५ निवासी २८ वर्षीया डिला बुढा रहेका छन् । 

घा’इते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइ रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रह’री कार्यालय सल्यानका प्रह’री प्रमुख डि’ए’सपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार