तरकारीको मुल्य ३ गुणा बढ्यो…

काठ्माडौं,पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ ।

तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार