काठमाडौं । भारतको अक्रिमणको चपेटमा परेको नेपाली भूभाग लिपुलेकमा नेपालको झण्डा गाडिएको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानीको ६२ वर्ग किलोमिटर क्षेत्रफल भारतले आफ्नो नक्सामा समेटेपछि विवाद बढेको छ ।
यसै क्रममा युवा, पत्रकार, राजनीतिक दलका नेता, बुद्धिजिवी लगायतको टोलीले लिपुलेकसम्मै पुगेर नेपालको झण्डा फहराएका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूभाग भएको सन्देश आफूहरु त्यहाँ पुगेको युवाहरुले बताएका छन् ।
‘लिपुलेक हाम्रै हो’, भन्दै युवाहरुले सीमास्तम्भमा पुगेर नेपालको झण्डा फहराएका छन् । भारतले लिम्पियाधुरा र लिपुलेक बिचका नदी आसपासको ३१० वर्ग किलोमिटर क्षेत्रफल गरी लगभग कुल ३७२ वर्ग किलोमिटर क्षेत्रफल नेपाली भूभागलाई आफ्नो नक्सामा समेटेपछि जनआक्रोश समेत बढेको छ ।
लामो समयदेखी भारतले अतिक्रमण गरेको नेपालको सो भूभागलाई हालै भारत आधिकारिक राजनीतिक नक्सामा समेटेको हो ।
भारतको यो एकलौटी र हेपाहा कदम पश्चात् नेपाल–भारतबीचको वर्षौंदेखिको सिमा विवाद फेरी चुलिन पुगेको छ । भारतले आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको सो भु(भागहरु, नेपालको नापी विभागले तयार परेको नक्सा नेपालले गत फागुनमानै सार्वजनिक गरेको थियो जसमा ती सबै भू–भागहरु समावेश गरिएकोछ ।